Welcome!

Saturday, July 16, 2011

Makhan Cup Chess-2011

सुरवीर लामालाई उपाधी पक्का

काठमाडौँ , असार ३२ 
पूर्व राष्ट्रिय च्याम्पिएन सुरवीर लामाले अन्तिम चरणको खेल अगावै मखन कप बुद्धीचाल प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् | मखन चेस क्लबको आयोजनामा काठमाडौँमा संचालन भइरहेको प्रतियोगिता अन्तर्गत सनिबार सम्पन्न एघारौं चरणमा सुरवीरले राकेश रौनियारलाई हराए भने ब्राहौं चरणमा फिडेमास्टर मनीष हमालसँग बराबरीमा रोकिए | प्रतियोगिताका एक्ला अपराजीत सुरवीरको बाह्र खेलबाट १० दसमलब ५ अंक भएको छ |
एघारौं चरणसम्म दोश्रो स्थानमा रहेका भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ बाह्रौ चरणमा रिजेन्द्र राजभन्डारीसँग पराजीत हुन पुगेपछि सुरवीरको उपाधी पक्का भएको हो | यसअघि एघारौं चरणमा राजेन्द्रप्रसादले राजेन्द्रकुमार पराजुलीलाई पराजीत गरेका थिए | राजेन्द्रप्रसादको ९ अंक भएको छ | उनीसंगै फिडेमास्टर मनीष हमाल तथा रिजेन्द्र राजभन्डारी समान ९ अंकका साथ अंकतालिकाको दोश्रो स्थानमा रहेका छन् | एघारौं चरणमा मनीषले श्यामसुन्दर श्रेष्ठ तथा रिजेन्द्रले भेट्रान ज्ञानेन्द्रप्रसाद श्रेष्ठमाथी जीत हासिल गरे |
प्रेमकृष्ण महर्जन र राजन पुरी समान ८ दसमलब ५ अंकका साथ तेश्रो स्थानमा रहेका छन् | प्रेमले एघारौं तथा बाह्रौं चरणमा क्रमसः अस्मिता अधिकारी तथा राकेश रौनियारलाई हराए | राजनले एघारौंमा सुरज पण्डित तथा बाह्रौंमा तारा घलेलाई पराजीत गरे |
नवीन तन्दुकार ६, श्यामसुन्दर ५ दसमलब ५ तथा राकेश ३ दसमलब ५ अंकमा रहेका छन् |   ज्ञानेन्द्रप्रसाद, राजेन्द्रकुमार, तारा घले, अस्मीता अधिकारीको समान ३ अंक रहेको छ भने सुरज पण्डितको २ दसमलब ५ अंक रहेको छ |
भोली अन्तिम चरणका खेल संचालन हुनेछन् |
उमेश केसी, फिडे आर्बिटर 

No comments:

Veteran Olympian Rajendra Pd Shrestha Clinches NCC Cup-2010

Veteran Olympian Rajendra Pd Shrestha  Clinches NCC Cup-2010
Rajendra (with Trophy), Keshav Shrestha (left/ 1st Runner Up), Balaram Napit ( Right/ 2nd Runner up) with the officials, organizers and other players.